इरानसँगको युद्धविराम अन्त्य भएको ट्रम्पको घोषणा, कच्चा तेलको मूल्यमा ५% को उछाल
canadanepal.com · Thu Jul 09 02:49:04 GMT 2026

काठमाण्डौ । अन्तर्राष्ट्रि बजारमा कच्चा तेलको मूल्यमा उछाल आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अन्त्य भएको घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा एकाएक उछाल देखिएको हो ।
ट्रम्पको उक्त अभिव्यक्ति सार्वजनिक भएसँगै ब्रेन्ट क्रुडको मूल्य ५.१० प्रतिशत अर्थात ३.७८ डलरले बढेको छ । यससँगै ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७७.९४ डलर पुगेको छ । यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि ४.९५ प्रतिशतले उकालो लाग्दै प्रतिब्यारेल ७३.९३ डलरमा कारोबार भईरहेको छ ।
Read full story at source (canadanepal.com)