विधेयक पारित गर्ने दवावमा सरकार
nepaltvonline.com · Thu Jul 09 02:51:07 GMT 2026
काठमाडौ – सरकारका तर्फबाट प्रतिनिधिसभामा दर्ता भइ राष्ट्रिय सभामा प्रस्तुत चारवटा विधेयकहरु आज पारित गर्नै पर्ने समयको दबाबमा सरकार पुगेको छ । अध्यादेशको निरन्तरता कायम राख्न राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने अन्तिम दिन राष्ट्रिय सभाको बैठक डाकिएको छ ।
यसैगरी विधेयक छलफलका लागि पठाइएको विधायन व्यवस्थापन समितिले अध्यादेश प्रतिस्थापन गर्ने चारवटा विधेयकमाथि छलफल गर्दैछ । समयका दबाबबीच विधायन व्यवस्थापन समितिले एकैदिन चारवटा विधेयकमाथि छलफल टुङ्ग्याएर प्रतिवेदन तयार गरेर सभामा प्रस्तुत गर्नुपर्ने छ ।
Read full story at source (nepaltvonline.com)