ग्यास उद्योग महासंघले भन्यो- माग अनुसारकै नियमित आपूर्ति भइरहेको छ
nepalnews.com · Wed Sep 09 16:35:56 GMT 2026

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले प्राकृतिक विपत्तिका बाबजुद मुलुकमा एलपी ग्यासको आपूर्ति तथा बिक्री–वितरण निरन्तर भइरहेको जनाएको छ। संघका अनुसार भूकम्प, नाकाबन्दी तथा कोभिड–१९ महामारीका समयमा समेत ग्यास उद्योगहरूले आपूर्ति व्यवस्था सहज बनाउँदै आएका छन्।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनलगायत जिल्लामा ठूलो क्षति भएको थियो। त्यसैगरी, भदौ १४ गते त्रिशूली नदीले पृथ्वी राजमार्गको कृष्णभीर खण्ड कटान गरेपछि सडक अवरुद्ध हुँदा ग्यास बोकेका बुलेट काठमाडौं आउन नसक्ने अवस्था सिर्जना भएको संघले जनाएको छ।
Read full story at source (nepalnews.com)