यशोदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड ५१ लाख सहयोग
ratopati.com · Wed Sep 09 16:38:45 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले तीन करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
कम्पनीले नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा उक्त रकम सहयोग गरेको हो । सहयोग रकम बराबरको चेक ग्रुपका अध्यक्ष कमलकिशोर मालपानी र चेयरमेन चुन्नप्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए ।
Read full story at source (ratopati.com)