रेडक्रसको अनियमितता छानबिन गर्न पाँच सदस्यीय समिति
nayapatrikadaily.com · Mon Apr 29 03:02:00 UTC 2024

समाज कल्याण परिषद्ले नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचार छानबिन गर्न समिति गठन गरेको छ । परिषद्का बोर्ड सदस्य सञ्जय शाहको नेतृत्वमा आइतबार पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । परिषद्ले समितिलाई ४५ दिनभित्र रेडक्रसमा भएको भ्रष्टाचार सम्बन्धमा छानबिन गरी प्रदिवेदन पेस गर्न भनेको छ । छानबिन अवधिभर दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्न रेडक्रसलाई निर्देशन दिएको छ ।
परिषद्का निर्देशक दुर्गा भट्टराईले रेडक्रसमा भ्रष्टाचार भएको भन्दै पटक–पटक उजुरी आउन थालेपछि छानबिन गर्न समिति गठन गरिएको जानकारी दिए । ‘रेडक्रसमा भ्रष्टाचार भएको भन्दै ६ भन्दा धेरै उजुरी परिषद्मा आएका छन् । केही उजुरीमाथि छानबिन गर्नुपर्ने देखियो । त्यसैले परिषद्ले समिति गठन गरेको हो । ४५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ । र, यस अवधिमा दीर्घकालीन असर पर्ने कुनै कार्य नगर्न रेडक्रसलाई निर्देशन दिइएको छ ।’
Read full story at source (nayapatrikadaily.com)