वन्यजन्तु तस्कर कुन्जेक सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर
nayapatrikadaily.com · Mon Apr 29 03:11:00 UTC 2024

वन्यजन्तु तस्करीबाट आर्जन गरेको सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालतले कुन्जोक छिरिङ तामाङलाई दोषी ठहर गर्दै सजाय निर्धारणको पेसी तोकेको छ । आइतबार विशेषले एक वर्षअघि दायर मुद्दामा कसुर कायम गर्दै सजाय निर्धारणको पेसी तोकेको हो । विशेषका अधिकृत यज्ञराज रेग्मीका अनुसार २७ वैशाखमा उनीमाथि सजाय निर्धारण हुनेछ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासबाट यस्तो फैसला भएको हो । कुन्जोकमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १६ जेठ ०८० मा मुद्दा दायर गरेको थियो । उनले वन्यजन्तुको अखेटोपहार ओसारपसारसमेत गरी गैरकानुनी रूपमा आर्जन गरेको पुष्टि भएको हो ।
Read full story at source (nayapatrikadaily.com)