एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
ratopati.com · Thu Jun 04 09:24:45 GMT 2026

प्रसिद्ध चलचित्र निर्देशक मार्टिन स्कोर्सेस हलिउडमा कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोगबारे चलिरहेको तीव्र बहसमा प्रवेश गरेका छन् । उनले एक एआई प्रविधिलाई समर्थन गर्दै यसले चलचित्र निर्माणको ‘प्रि–प्रोडक्सन’ प्रक्रियामा आफूलाई ‘सिर्जनात्मक रूपमा स्वतन्त्र महसुस गराएको’ बताएका छन् ।
‘ट्याक्सी ड्राइभर’, ‘गुडफेल्लास’ र ‘द वुल्फ अफ वाल स्ट्रिट’ जस्ता चर्चित चलचित्रका निर्देशक स्कोर्सेस एआई कम्पनी ब्ल्याक फरेस्ट ल्याब्सका सल्लाहकार बनेका छन् । उनले आफूले ‘दर्शकहरूका लागि अझ गहन र सशक्त अनुभव सिर्जना गर्दै सिर्जनशिलताको सीमालाई विस्तार गर्न’ चाहेको बताएका छन् ।
Read full story at source (ratopati.com)