सवारी दुर्घटनामा एक जनाको मृत्यु
nepalsamaya.com · Thu Jul 09 03:56:07 GMT 2026
सुनसरी- कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारी साधन (पिकअप ) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सवारी साधनका चालक मोरङ रङ्गेली नगरपालिका–३ दर्वेशाका ४२ वर्षीय पदम राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए। भण्टाबारीबाट लौकहीतर्फ आउँदै गरेको प्र १–०२–००२ च ४८३१ नम्बरको खाली पिकअप अनियन्त्रित भई गए राति सडकमा दुर्घटनमा भएको थियो।
Read full story at source (nepalsamaya.com)