मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ
ratopati.com · Wed Sep 09 17:47:56 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोटरसाइकल चोरी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–७ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ बस्दै आएका दावा तामाङ रहेका छन् ।
प्रहरीका अनुसार तामाङले काठमाडौँको नागार्जुन नगरपालिका–९ स्युचाटारस्थित शिवराज पाठकको घर अगाडि पार्किङ गरी राखिएको एक मोटरसाइकल चोरी गरेका थिए ।
Read full story at source (ratopati.com)