मौद्रिक र वित्तीय नीतिको समन्वय भएमा अपेक्षाकृत आर्थिक रूपान्तरण सम्भव : उद्योग बाणिज्य महासंघ
arthasansar.com

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमाती धारणा सार्वजनिक गर्दै मौद्रिक नीति सकारात्मक र सन्तुलित भएको र जारि मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने बताएको छ ।
महासंघले मुलुकको अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढिरहेको वर्तमान अवस्थामा मौद्रिक नीतिले मूल्य स्थायित्व, वित्तीय क्षेत्रको स्थायित्व र उच्च आर्थिक वृद्धिबीच सन्तुलन कायम गर्ने प्रयास गरेको जनाएको छ । महासंघले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका प्रमुख हुने यथार्थलाई मौद्रिक नीतिले स्वीकार गरि आत्मसात गरेकोमा स्वागत गरेको छ ।
Read full story at source (arthasansar.com)