बाल सङ्गठनको पैसा हिनामिनाको आरोपमा तीन जना पक्राउ
kalakarmi.com · Thu Jul 09 05:03:44 GMT 2026

काठमाडौं– नक्सालस्थित नेपाल बाल सङ्गठनको आर्थिक अनियमितता प्रकरणमा अनुसन्धानले नयाँ मोड लिएको छ । सङ्गठनको रकम हिनामिना गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएपछि लामो समयदेखि चर्चामा रहेको यो प्रकरण थप गहिरिएको हो ।
अनुसन्धानमा संलग्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले रकम अपचलनसँग सम्बन्धित प्रमाण, वित्तीय कारोबार र संलग्न व्यक्तिहरूको भूमिकामाथि विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धान प्रभावित हुन सक्ने भन्दै नियन्त्रणमा लिइएका व्यक्तिहरूको परिचय भने सार्वजनिक गरिएको छैन ।
Read full story at source (kalakarmi.com)