चुनावी निष्पक्षतामाथि ‘इन्डिया’ गठबन्धनको संशय
nayapatrikadaily.com · Mon Apr 29 04:54:00 UTC 2024

विपक्षीमाथि भइरहेको धरपकड र थुनाबीच भारतमा जारी निर्वाचन निष्पक्ष नहुने विपक्षी गठबन्धन र त्यसमा आबद्ध नेताहरूले मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) सरकारको आलोचना गरेका छन् । भाजपा लगातार तेस्रोपटक निर्वाचन जित्ने दाउमा छ । चुनावअगाडि भइरहेका विभिन्न मत सर्वेक्षणले पनि भाजपा तेस्रोपटक विजय हुने प्रक्षेपण गरेका छन् । तर, विपक्षी गठबन्धनले मोदी सरकारले विपक्षीलाई दमन गरेर अगाडि बढेको भन्दै चुनावी निष्पक्षमाथि प्रश्नचिह्न उठाउन थालेका छन् ।
मुख्य विपक्षी कांग्रेस, साना र क्षेत्रीय दल मिलेर बनेको भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (आइएनडिआइए)ले सरकारले निर्वाचनलाई प्रभाव पार्न अनुसन्धान एजेन्सीको प्रयोग गरेको आरोप लगाएको छ । तर, मोदीले त्यस्ता दाबीलाई केवल ‘बहाना’ भन्दै अस्वीकार गरेका छन् ।
Read full story at source (nayapatrikadaily.com)