मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोडः महासंघ
rajdhanidaily.com · Thu Jul 09 05:37:13 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिलाई सकारात्मक, सन्तुलित र निजी क्षेत्रमैत्री भन्दै स्वागत गरेको छ। महासंघका अनुसार मूल्य स्थायित्व, वित्तीय क्षेत्रको सुदृढीकरण र आर्थिक वृद्धिबीच सन्तुलन कायम गर्ने प्रयासले लगानी विस्तार, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका व्यक्तिगत जमानीसम्बन्धी व्यवस्था, रुग्ण उद्योगको निस्क्रिय कर्जा व्यवस्थापन, दबाबमा रहेका कर्जाको पुनरुत्थान, संस्थागत क्षमताका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण तथा सार्वजनिक यातायातका विद्युतीय सवारीका लागि कर्जा–धितो अनुपात सहज बनाउने व्यवस्था सकारात्मक रहेको बताए।
Read full story at source (rajdhanidaily.com)