६ वटा फरक विश्वकपमा तहल्का मच्चाउने एकमात्र खेलाडी: इजिप्टविरुद्ध मेसीले कसरी पल्टाए खेलको पाङ्ग्रा?
barnanmedia.com · Thu Jul 09 05:29:58 GMT 2026
लियोनेल मेसीले फिफा विश्वकप २०२६ मा फेरि अर्को चामत्कारिक प्रदर्शन गर्दै फुटबल इतिहासमा नयाँ पाना थपेका छन्। नकआउट चरणको रोमान्चक खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ गोलले हराउँदै क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा सुरुवाती समयमा दुई गोलले पछि परेको अर्जेन्टिनालाई कप्तान मेसीले आफ्नै लयमा फर्काए। उनले खेलमा एक उत्कृष्ट गोल गरे भने अर्को गोलका लागि जादुमयी पास (असिस्ट) मिलाइदिए।
यस खेलसँगै मेसीले विश्वकप इतिहासमा डिएगो म्याराडोनाको सबैभन्दा ठूलो कीर्तिमान तोडेका छन्। मेसीले विश्वकपमा आफ्नो नवौँ असिस्ट पूरा गर्दै म्याराडोनाको आठ असिस्टको सर्वकालीन रेकर्डलाई पछि पारेका हुन्। यसका साथै मेसी विश्वकपका ६ वटा फरक संस्करणमा असिस्ट गर्ने विश्वकै एकमात्र खेलाडी बनेका छन्। यो जितसँगै अर्जेन्टिना विश्वकपमा लगातार ११ खेलसम्म अपराजित रहने नयाँ इतिहास बनाउन सफल भएको छ।
Read full story at source (barnanmedia.com)