नवलपुरमा श्रीमानश्रीमती मृत अवस्थामा फेला, हत्या आशंका
nayapatrikadaily.com · Mon Apr 29 05:10:00 UTC 2024

नवलपुरको मध्यविन्दु नगरपालिका १२ बेलहानीमा श्रीमानश्रीमती मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कमल परियारका अनुसार अन्दाजी ६०/६५ वर्षीय श्रीमान तुलबहादुर कुमाल र अन्दाजी ५०/५५ वर्षीया मिना कुमाल आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् ।
स्थानीयका अनुसार कुमालको बन्दै गरेको नयाँ घर बनाउन आउने कामदारहरुले घरका मान्छे आज किन अबेरसम्म उठेन भनेर खोजिनीति गर्दा दुवैजना मृत अवस्थामा फेला परेका हुन् । तुलबहादुर कुमाल राति साँढे ८ बजेसम्म छिमेकीहरुसँग गफ गरिरहेको स्थानीयले बताएका छन् ।
Read full story at source (nayapatrikadaily.com)