प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर आजपनि प्रतिनिधिसभा बैठकमा विपक्षीको विरोध
annapurnapost.com · Thu Jul 09 05:45:36 GMT 2026

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले जेठ १८ गते प्रतिनिधि सभामा दिएको सीमासम्बन्धी अभिव्यक्तिको विषयलाई लिएर विपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा अवरोधलाई निरन्तरता दिएका छन्। बिहीबार बैठक सुरू हुने वित्तिकै विपक्षी दलहरूका सांसदहरूले सिटबाट उठेर विरोध जनाएका छन्।
अहिले सभामुख डोल प्रसाद अर्यालले कांग्रेस सांसद हरिनादेवी कामीलाई बोल्न समय दिएका छन्। उक्त अभिव्यक्तिबारे अध्ययन गर्न गठित समितिले प्रतिवेदन सभामुखसमक्ष बुझाए पनि विपक्षी दलले संसद्को अवरोध कायमै राखेका छन्।
Read full story at source (annapurnapost.com)