सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट हटाउने ‘अल्टिमेटम’ तत्काल फिर्ता लिनुपर्छ : सांसद कामी
baahrakhari.com · Thu Jul 09 06:00:19 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासीलाई पाँच दिनभित्र हटाउने अमानवीय ‘अल्टिमेटम’ तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन् । बिहीबार (असार २५) प्रतिनिधिसभा बैठकको सुरुमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।
सांसद कामीले सरकारले सुकुम्वासीको समस्या समाधानका निम्ति तत्काल कार्ययोजना सार्वजनिक गर्नुपर्ने पनि बताइन् । सरकारले सुकुम्वासीको समस्या नगद बाँडेर अस्थायी रूपमा समाधान गर्न खोज्न नहुनेमा उनले जोड दिइन् । उनले सुकुम्वासीलाई सुरक्षित आवाससहितको व्यवस्था सरकारले गर्नुपर्ने बताइन् ।
Read full story at source (baahrakhari.com)