कामना सेवा विकास बैंकद्वारा विद्यालयमा विभिन्न सहयोग
corporatenepal.com · Thu Jul 09 06:23:36 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देवचुली नगरपालिका-१५, नवलपरासी स्थित श्री जन ज्योति माध्यमिक विद्यालयमा अभिभावक प्रतिक्षा स्थल निर्माणमा सहयोग गर्नुका साथै अन्य शैक्षिक सामग्री तथा उपकरणहरु हस्तान्तरण गरेको छ ।
बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले शिक्षक-अभिभावक संघका अध्यक्ष पदम राज भट्टराईलाई वाटर डिस्पेन्सर, सुझाव पेटिका, २० थान कुर्चीहरु तथा विद्यालयलाई आवश्यक सेतो पाटी हस्तान्तरण गरेका हुन् । नारायणगढ क्षेत्र प्रमुख भण्डारीले बैंकको तर्फबाट अभिभावक, सेवाग्राही तथा समुदायका व्यक्तिहरू आउने भएकाले उनीहरूका लागि व्यवस्थित, सम्मानजनक तथा सहज प्रतीक्षा स्थलको लागि पनि सहयोग गरेका छन् ।
Read full story at source (corporatenepal.com)