यात्रु र मालवाहक गाडीमा जीपीएस अनिवार्य जडान गर्नुपर्ने
canadanepal.com · Thu Jul 09 06:32:17 GMT 2026

काठमाडौं - सरकारले यात्रुवाहक तथा मालसामान ढुवानी गर्ने सवारी साधनमा जीपीएस (GPS) डिभाइस अनिवार्य जडान गर्ने कानुनी व्यवस्था ल्याउने तयारी गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार जीपीएस जडान नगर्ने सवारी धनी वा प्रयोगकर्तालाई पहिलो पटक ५० हजार रुपैयाँसम्म र त्यसपछि प्रत्येक पटक १ लाख रुपैयाँसम्म जरिबाना गर्न सकिनेछ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा दर्ता गरेको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ मार्फत मूल्य अभिवृद्धि कर ऐन, २०५२ मा संशोधन प्रस्ताव गरिएको छ। उक्त विधेयकमा ऐनको दफा २८ पछि २८क थप गरी ढुवानीका साधनको अनुगमनसम्बन्धी नयाँ व्यवस्था राख्न प्रस्ताव गरिएको हो।
Read full story at source (canadanepal.com)