युरोपतर्फ मोडियो श्रम बजार
gorkhapatraonline.com · Mon May 25 01:25:10 GMT 2026

खाडी देश र मलेसियामा केन्द्रित नेपाली श्रम बजार पछिल्लो समय युरोपतर्फ मोडिएको छ । आकर्षक तलब, श्रमिकमैत्री कानुन र अनुकूल मौसमका कारण नेपाली युवाको श्रम गन्तव्य युरोप हुन थालेको हो । वैदेशिक रोजगार विभागका अनुसार नेपाली रोमानिया, क्रोएसिया, माल्टा, साइप्रसलगायतका देशमा बढी जाने गरेका छन् ।
विभागका अनुसार आवमा २०८२/८३ को १० महिनामा युरोपका छ वटा देशमा जान ६० हजार ४३९ जनाले श्रम स्वीकृति लिएका छन् । गत आव २०८१/८२ को १० महिनामा युरोपका रोमानिया, क्रोएसिया, पोर्चुगल, माल्टा, साइप्रस, माल्टालगायतका देशमा जान ४५ हजार २७३ जनाले श्रम स्वीकृति लिएका थिए ।
Read full story at source (gorkhapatraonline.com)