नवजीवन सहकारीको अध्यक्षमा गोपालराज पाठक निर्वाचित
nepalpress.com · Mon May 25 01:34:09 GMT 2026

धनगढी । धनगढीस्थित नवजीवन सहकारी संस्थाको अध्यक्षमा गोपालराज पाठक निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्वी केशवराज मिश्रको प्यानललाई क्लिन स्वीप गर्दै पाठक ३ सय १५ मतान्तरसहित विजयी भएका हुन् ।
निर्वाचन समितिका अनुसार पाठकले ४ हजार ७ सय ८४ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी मिश्रले ४ हजार ४ सय ६९ मत पाएका छन् । अध्यक्षका अर्का उम्मेदवार घनबहादुर शाहले ३ हजार ६ सय ४४ मत प्राप्त गरेका छन् ।
Read full story at source (nepalpress.com)