भारी वर्षाले एसियाली खेलकुद प्रभावित
barnanmedia.com · Wed Sep 09 20:15:00 GMT 2026
जापानको नागोयामा भएको रेकर्ड भारी वर्षाका कारण एसियाली खेलकुदमा सहभागी सयौँ खेलाडीलाई बुधबार केही समयका लागि आफ्नो आवासबाट सुरक्षित स्थानमा सारिएको छ । आगामी दिनमा पनि वर्षा जारी रहने पूर्वानुमानबीच केही खेलस्थलमा पानी चुहिएको विवरण सार्वजनिक भएका छन् ।
मङ्गलबार नागोयामा एक घन्टामै करिब १०४ मिलिमिटर वर्षा भएपछि नगर अधिकारीहरूले सहरका केही क्षेत्रमा मानिसलाई सुरक्षित स्थानमा जान आदेश दिएका थिए । नागोया पोर्ट अथोरिटीका एक अधिकारीका अनुसार गार्डेन पियर क्षेत्रमा काठका अस्थायी कन्टेनरमा बसिरहेका सयौँ खेलाडीलाई पनि सुरक्षित स्थानमा सारिएको थियो । करिब दुई घन्टापछि आदेश हटाइएपछि खेलाडीहरू आफ्नो आवासमा फर्किएका थिए ।
Read full story at source (barnanmedia.com)