साफ महिला च्याम्पियनसिप : भुटानसँग खेल्दै नेपाली टिम
himalpress.com · Mon May 25 02:02:11 GMT 2026
काठमाडौँ- नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । खेलमा दुवै टोली विजयी सुरुआतको खोजिमा छन् । यी दुईले समूह ‘ए’को पहिलो खेल खेल्न लागेको हुन्। नेपाल प्रतियोगिताको ६ पटकको उपविजेता हो । नेपालले फाइनलमा अन्तिम समय सम्हालिन नसक्दा सन् २०१०, सन् २०१२, २०१४, २०१९, २०२२ र २०२४ को संस्करणमा उपविजेता बनेको थियो । यता, भुटानले भने हालसम्म प्रतियोगितामा सेमिफाइलनभन्दा माथिल्लो नतिजा आत्मसाथ गर्न सकेको छैन । टोलीले सन् २०२२ र २०२४ का संस्करणमा सेमिफाइनलसम्मको यात्रा तय गरेको हो ।
साफ च्यम्पियनसिपमा नेपालले हालसम्म भुटानसँग हारको सामना गर्नुपरेको छैन । यी दुईबीच अहिलेसम्म पाँच खेल भएका छन् । जसमा नेपालले चार खेल आफ्नो पक्षमा पार्दा एक खेल बराबरीमा सकिएको छ ।
Read full story at source (himalpress.com)