महालक्ष्मी विकास बैंकद्वारा आगलागीपीडितलाई राहत वितरण
nayapatrikadaily.com · Mon Apr 29 06:59:00 UTC 2024

महालक्ष्मी विकास बैंकले बैशाख १२ गते महोत्तरीको मटिहानी नगरपालिका–६ मा आगलागिका कारण घरबारविहीन भएका १५० घरपरिवारका करिब ५४५ जनाका लागि राहत सामाग्री वितरण गरेको छ।
बैंकले राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ लाख ५० हजार रुपैँयाबराबरको ७५० केजी आटा, ७५० केजी चामल, ७५ केजी दाल, ७५ लिटर तेल, १५० प्याकेट नुन, ४५० वटा नुहाउने र लुगा धुने साबुन र १५० काटुन चाउचाउलगायतका खाद्यान्नहरु सहयोग गरेको हो।
Read full story at source (nayapatrikadaily.com)