जलेश्वर कारागार तोडेर भागेका २५० कैदीबन्दी अझै फरार, ३२६ जना फर्किए
ratopati.com · Mon May 25 02:15:00 GMT 2026

जनकपुरधाम। महोत्तरीको जलेश्वर कारागारबाट जेनजी आन्दोलनका बेला भागेका कैदीबन्दीमध्ये अझै २५० जना फरार रहेका छन्। आन्दोलनको मौका छोपी कारागार तोडेर भागेका ५७६ कैदीबन्दीमध्ये हालसम्म ३२६ जना फर्किसकेको जलेश्वर कारागारका प्रमुख अशोककुमार क्षेत्रीले बताए।
गत भदौ २३ र २४ गते देशभर चलेको आन्दोलनका क्रममा भदौ २४ गते महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित जलेश्वर कारागार तोडेर कैदीबन्दी भागेका थिए। भाग्नेमा ४० जना भारतीय नागरिकसमेत थिए।
Read full story at source (ratopati.com)