‘तिरिमिरी झ्याइँ’को मुख्य भूमिका देखिदै कमेडियन सुमन कोइराला
himalpress.com · Thu Jul 09 07:44:31 GMT 2026

काठमाडौँ- फिल्म ‘तिरिमिरी झ्याइँ’ को बिहीबार कमलादीस्थित गणेश मन्दिरमा शुभ–मुहूर्त गरिएको छ। होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन असार २९ गतेबाट सुरु हुने निर्माण पक्षले जनाएको छ।
फिल्ममार्फत चर्चित कमेडियन सुमन कोइराला पहिलोपटक मुख्य नायकका रूपमा डेब्यु गर्दैछन्। फिल्ममा उनीसँगै धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रेयर राई, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, पुष्कर खतिवडा, राजश्री थापा र घनश्याम जोशी लगायतका कलाकारको अभिनय रहनेछ।
Read full story at source (himalpress.com)