थप ७ दिन एनसेलको भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क, १८ टावर खडा, कोषमा १ करोड सहयोग
clickmandu.com · Fri Aug 28 14:08:21 GMT 2026

काठमाडौं । एनसेलले रसुवा बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज, उद्धार तथा राहत वितरण सहज होस् भन्ने उद्देश्यले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि भोलि शनिबारबाट लागु हुने गरी थप ७ दिन बढाएको छ । यससँगै अब प्रभावित क्षेत्रमा थप एक हप्ता कम्पनीका यी सेवाहरु निःशुल्क उपलब्ध हुनेछन् ।
यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अन नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो र सोही अनुसार सेवा दिदै आएको थियो । तीन दिने अवधि आज समाप्त हुँदै थियो ।
Read full story at source (clickmandu.com)