टक्सार पहुँच र संरक्षण पर्यटन विस्तारको आधार, बजेट विनियोजन
gorkhapatraonline.com · Mon May 25 02:42:39 GMT 2026

ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा टक्सारलाई संरक्षण गर्दै सर्वसाधारणको पहुँचमा ल्याउन सके नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ सफल बनाउन महत्त्वपूर्ण योगदान पुग्ने देखिन्छ । धनकुटाबाट निष्कासन गरिएका सिक्का (ढ्याक), सिक्का बनाउने मेसिन, कच्चा सिसा तथा टक्सार घर अझै पनि धनकुटामै सुरक्षित अवस्थामा रहेका छन् । मुद्रा निष्कासनको इतिहास रोचक भए पनि यस विषयमा खोज तथा अनुसन्धान कम भएको पाइन्छ ।
धनकुटाका ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक सम्पदाहरू पञ्चकन्या देवीको गुफा, दक्षिणकाली मन्दिरका घण्टहरू, मधुगङ्गा, धर्मगङ्गा, छिन्ताङ देवी मन्दिर, निशान भगवती मन्दिर, विश्रान्ति मन्दिर, गुम्बा, भेडेटारस्थित नमस्ते झरना, पाथीभरा देवी मन्दिर, शङ्खेश्वर महादेव, काली झरना, रानीताल, बक्रकुण्ड पञ्चेश्वर महादेव, शिवमन्दिर, राममन्दिरलगायत रहेका छन् ।
Read full story at source (gorkhapatraonline.com)