सहकारी पीडितको साढे ४ करोड बचत फिर्ता
bishowkhabar.com · Thu Jul 09 07:53:49 GMT 2026

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो तीन महिनामा १,७५४ बचतकर्तालाई २ करोड ६३ लाख ९० हजार रुपैयाँ फिर्ता गरेको छ भने बचत मिलानसहित कुल ४ करोड ४३ लाख ४८ हजार रुपैयाँ बराबरको रकम व्यवस्थापन गरेको जनाएको छ ।
समितिले पहिलो चरणमा १० हजार रुपैयाँसम्मका बचत फिर्ता गरिसकेको र अब दोस्रो चरणमा ज्येष्ठ नागरिक, एकल महिला तथा गम्भीर बिरामीलाई प्राथमिकता दिँदै अधिकतम २५ हजार रुपैयाँसम्म फिर्ता गर्ने तयारी गरेको छ ।
Read full story at source (bishowkhabar.com)