बिरौटामा दूध सङ्कलन केन्द्र
deshsanchar.com · Thu Oct 10 16:22:10 UTC 2024

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना गरिएको छ। गाउँका किसानले उत्पादन गरेको दूध बजारीकरण गर्ने उद्देश्यले सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले सङ्कलन केन्द्र स्थापना गरेको हो।
सहकारीका कोषाध्यक्ष युवराज बरुवालले करिब सात लाखको लगानीमा डिपफ्रिज, चिलिङ र मिल्क एनालाइजर मेसिन खरिद गरी सङ्कलन केन्द्र सञ्चालन गरेको जानकारी दिए।
Read full story at source (deshsanchar.com)