गोलबजार नगरपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा
ratopati.com · Sat Jun 27 00:40:27 GMT 2026

सिरहा । सिरहा गोलबजार नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भएसँगै गोलबजार नगरपालिकालाई शुक्रबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
जन्मेदेखि १५ महिना भित्रका एक हजार ७ सय ७ जना बालबालिकाले नियमित खोप लगाइरहेको र १६ महिनादेखि ५९ महिनासम्मका एक हजार नौ सय २३ जना बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भएपछि जिल्लाको गोलबजार नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
Read full story at source (ratopati.com)