मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु
nepalnews.com · Mon May 25 03:02:06 GMT 2026

मुस्ताङ । उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ। गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालयले सेवा प्रवाह गर्न थालेको हो।
आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी लोमान्थाङ गाउँपालिकालाई अख्तियारी दिएको छ। उद्योग तथा व्यक्तिगत व्यवसाय दर्तासम्बन्धी सम्पूर्ण कार्यसम्पादन नेपाल सरकारले गत कात्तिक २९ गतेको निर्णयअनुसार कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) र स्थानीय तहलाई हस्तान्तरण गर्ने योजनाअनुसार आन्तरिक राजस्व कार्यालय बाग्लुङले मुस्ताङमा पहिलो पटक लोमान्थाङ गाउँपालिकाबाट दर्तासम्बन्धी अख्तियारी हस्तान्तरण गरेको आन्तरिक राजस्व कार्यालय बाग्लुङका कर अधिकृत राजन गमालले जानकारी दिए।
Read full story at source (nepalnews.com)