महोत्तरीका आगलागीपीडितलाई काठमाडौं महानगरको १० लाख सहयोग
nayapatrikadaily.com · Mon Apr 29 08:02:00 UTC 2024

काठमाडौं महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ६ जरलहवा टोलका आगलागीपीडितलाई रु. १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
महानगर विपत् व्यवस्थापन समितिले आगलागीका कारण विपतमा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। उक्त रकम आज नगरपालिकाको खातामा जम्मा हुने गरी पठाउने महानगरपालिकाको तयारी रहेको छ।
Read full story at source (nayapatrikadaily.com)