प्याज भण्डारणमा स्थानीय प्रविधि
deshsanchar.com · Sun Jul 13 17:15:47 GMT 2025

चितवन – उत्पादित प्याजले बजार नपाएपछि यहाँका किसानले स्थानीय प्रविधि प्रयोग गरी भण्डारण सुरु गरेका छन्। भरतपुर महानगरपालिका–२७ का शिवकुमार महतोले सामाजिक सञ्जालमा देखेको प्रविधिको प्रयोग गरेर आफूले उत्पादन गरेको प्याजको भण्डारण गर्न थालेकाे बताए। उनले स्टिलको जालीको भकारी बनाएर टेबुल पङ्खाको सहायताले प्याजको भण्डारण गरेका हुन्। उनले भने, “मैले सामाजिक सञ्जालमा खोज्दा प्याज भण्डारण गर्नका लागि घरेलु उपाय भेटाएर यसरी भण्डारण गरेको हुँ।”
स्टिलको जाली मुनि पनि जाली बनाएर केही भाग खुला छाडेर खडाइको सहायताले प्याजलाई सुक्खा बनाएर राख्ने गरेको उनले बताए। उनले प्याजलाई विगत तीन महिनादेखि यसैगरी भण्डारण गरेर राख्नुभएको छ। यसो गर्दा प्याजभित्रको तातो हावा बाहिर जाने र चिसो हावाले प्याजलाई बाफिन नदिने हुन्छ। जसका कारण प्याज कुहिने र टुसा पलाउने समस्या नहुने उनको बुझाइ छ।
Read full story at source (deshsanchar.com)