‘रेफ्रीको इमान्दारीमाथि प्रश्न उठाउन मिल्दैन’
ratopati.com · Thu Jul 09 08:50:04 GMT 2026
न्युयोर्क । अर्जेन्टिनासँग ३–२ गोलले पराजित भएपछि इजिप्टले लगाएको ‘निराधार आरोप’ को फिफाका प्रमुख रेफ्री अधिकारी पियरलुइगी कोलिना ले खण्डन गरेका छन् । उनले भनेका छन्, ‘कसैले पनि विश्वकपका म्याच अफिसियलहरूको इमान्दारीमाथि प्रश्न उठाउन सक्दैन।’
इजिप्टको फुटबल संघ (ईएफए) ले मंगलबार फिफालाई पत्र लेख्दै विश्वकपको अन्तिम–१६ को खेलमा आफ्नो टिमलाई हराउने रेफ्रीहरूलाई प्रतियोगिताबाट हटाउन माग गरेको थियो। खेलको उत्तरार्धमा अर्जेन्टिनाले २–० को स्थिति उल्टाएर जित निकाल्दा रेफ्रीले दुईवटा फलमा दोहोरो मापदण्ड अपनाएको भन्दै ईएफएले छानबिनको माग गरेको थियो।
Read full story at source (ratopati.com)