दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार
nepalnews.com · Sat Jun 27 00:46:35 GMT 2026

बागमती। हेटौँडामा जारी त्रिदिवसीय ड्रागन फ्रुट महोत्सवमा रु. १८ लाखभन्दा बढीको कारोबार भएको छ। स्थानीय स्तरमा उत्पादित ड्रागन फ्रुटको प्रवर्द्धन, बजार व्यवस्थापन तथा यसको स्वास्थ्य लाभबारे उपभोक्तालाई जानकारी गराउने उद्देश्यका साथ बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेटौँडा उपमहानगरपालिका र प्रादेशिक कृषि थोक बजारद्वारा संयुक्त रूपमा महोत्सव आयोजना गरिएको हो।
महोत्सव सुरु भएको दुई दिनमा रु १८ लाखभन्दा बढीको कारोबार हो। शनिवारसम्म सञ्चालन हुने महोत्सवको पहिलो दिन तीन हजार ५०० किलो र दोस्रो दिन चार हजार ५०० किलो ड्रागन फ्रुट बिक्रीबाट उक्त रकम बराबरको कारोबार भएको हेटौँडा उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख प्रदीप रेग्मीले जानकारी दिए। उनका अनुसार महोत्सवमा हेटौँडा, मकवानपुर गडीलगायत स्थानबाट किसानले बगैँचाबाट सङ्कलन गरेका ताजा तथा प्राङ्गारिक ड्रागन फ्रुटको प्रदर्शनी र बिक्री गरिरहेका छन्।
Read full story at source (nepalnews.com)