कांग्रेसले १८ वर्ष नपुगेकालाई सदस्यता नदिने, ‘प्रधानमन्त्रीकै पार्टीले बालबालिकालाई सदस्य बनाउनु लज्जास्पद’
kendrabindu.com · Sat Jun 27 00:51:48 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, बाल अधिकार उपसमितिले सार्वजनिक अपिल प्रकाशित गरी बालबालिकालाई पार्टी सदस्य नबनाउन सबैसँग आग्रह गरेको छ। नेपाली कांग्रेसले १८ वर्ष उमेर नपुगेकालाई पार्टीको सदस्यता नदिने स्पष्ट पारेको छ।
कांग्रेसले डिजिटल प्रणाली मार्फत शुरु गरेको नयाँ क्रियाशील सदस्यता लिन इच्छुक व्यक्तिहरूले यही असार २० गतेसम्म पार्टीको आधिकारिक पोर्टल मार्फत अनलाइन आवेदन दिन सक्ने जनाएको छ। तर १८ वर्ष पुरा भएकाले मात्रै यो अवसर र जिम्मेवारी प्राप्त गर्ने बाल अधिकार उपसमिति संयोजक उमंग लोहनीले जनाएका छन्।‘उमेरसँग सम्बन्धित यो प्रावधान पार्टीको वैधानिक दृष्टि मात्रै नभएर मुलुकको कानुन र संविधानको मर्म समेत हो’, उनले भनेका छन्।
Read full story at source (kendrabindu.com)