लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा बाढी पीडितका लागि सहयोगको घोषणा
ratopati.com · Thu Aug 27 08:39:22 GMT 2026

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
प्रतिष्ठानको केन्द्रीय समितिको आकस्मिक बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तत्कालका लागि रु.१,०१,१११ (अक्षरेपी एक लाख एक हजार एक सय एघार रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गर्ने निर्णय गरेको हो।
Read full story at source (ratopati.com)