रुखबाट खसेर बालविकास शिक्षिकाको मृत्यु
barnanmedia.com · Mon May 25 04:37:15 GMT 2026

रुखबाट खसेर डडेल्धुरामा एक बालविकास शिक्षिकाको मृत्यु भएको छ । आइतबार जिल्लाको अजयमेरु गाउँपालिका–१ खतेडाकी शिक्षिका लक्ष्मी भण्डारीको रुखबाट खसेर मृत्यु भएको विद्यालय परिवारले जानकारी दिएको छ ।
३७ वर्षीया भण्डारी घनघस्या माध्यमिक विद्यालय, खतेडामा कार्यरत रहेको सोही विद्यालयका लेखापाल रविन्द्र भण्डारीले जानकारी दिनुभयो । घर नजिकै घाँस काट्न रुखमा चढ्नुभएको भण्डारी रुखबाट खसेर गम्भीर घाइते हुनुभएको थियो । उहाँले भन्नुभयो, “उपचारका लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै भण्डारी को मृत्यु भयो ।”
Read full story at source (barnanmedia.com)