भारतले पठायो ३७.५ टन राहत सामग्रीसहित दोस्रो उडान
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौँ । भारतले बाढी तथा पहिरोबाट प्रभावित नेपाली नागरिकका लागि ३७.५ टन मानवीय सहायता, विपद् राहत तथा उद्धार सामग्री, औषधि र खाद्यान्नसहितको दोस्रो उडान नेपाल पठाएको छ।
भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत ३७.५ टन राहत सामग्री बोकेको दोस्रो विमान नेपालका लागि उडेको जानकारी दिएका हुन्। विदेशमन्त्री जयशंकरले नेपालमा जारी राहत तथा उद्धार प्रयासलाई भारततर्फबाट निरन्तर र मजबुत समर्थन रहने बताएका छन्। भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोका कारण नेपालमा ठूलो परिमाणमा जनधनको क्षति भएपछि भारतले राहत सामग्रीसहितका विमानहरू नेपाल पठाउन थालेको हो।
Read full story at source (hamrakura.com)