नेप्से झण्डै स्थिर रहँदा फाइनान्समा चार प्रतिशतको वृद्धि
nayapatrikadaily.com · Mon Apr 29 09:44:00 UTC 2024

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ज्यादै न्यून अंकले बढेको छ। सोमबार नेप्से ०.०७ अंकले मात्रै बढेको हो। आज सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स क्रमशः ०.३२ प्रतिशत र ०.५७ प्रतिशतले बढेका छन्।
कारोबारमा आएका ३१७ कम्पनीका ७३ लाख ४१ हजार १७७ कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब ९५ करोड ९४ लाख ५८ हजार रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा नेप्से घटेपनि आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ। आइतबार दुई अर्ब ६६ करोड ६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
Read full story at source (nayapatrikadaily.com)