महानगर प्रहरीले बाइकमा ह्वील लक लगाएपछि राहदानी विभाग अगाडि युवकले लगाए शरीरमा आगो
arthasansar.com

राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् व्यक्तिको पहिचान खुलेको छ । मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा आत्मदाह प्रयास गरेका नेपालीले राहदानी विभाग अगाडि मोटरसाइकल पार्किङ गरेर राखेका थिए । काठमाडौं महानगरपालिको नगरप्रहरीले मोटरसाइकलमा जथाभावी पार्किङ गरेको भनेर उनको मोटरसाइकलमा ह्वील लक लगाइदियो ।
Read full story at source (arthasansar.com)