यो सरकारको भुईँमा खुट्टै छैन, यस्तो उम्लिएकाहरू स्थिर हुँदैनन् - केपी शर्मा ओली
arthasansar.com

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार देश र जनताको हितविपरीत अघि बढेको आरोप लगाएका छन्। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका हुन्।
उनले भने, ‘पत्रकार भाइबहिनीहरूले प्रश्न सोध्ने गर्नुहुन्छ, १०० दिनको अहिलेको सरकारको कार्यकाल कस्तो लाग्यो भनेर। उत्तर देखिराख्नुभएको छ। सुकुम्वासीका फोटो आफैले छापिराख्नुभएको छ। बालबालिकाका धरधरी रोएका फोटो आफैले छापिराख्नुभएको छ। सुकुम्वासी बस्तीहरूमा डोजर लगाएको तपाईँ आफैले छापिराख्नुभएको छ, प्रसारित गरिराख्नुभएको छ।’
Read full story at source (arthasansar.com)