हेजबुल्लाहलाई निशस्त्र नगरेसम्म लेबनानमा सेना रहन्छ : इजरायल
ratopati.com · Thu Jul 09 10:24:05 GMT 2026

काठमाडाैँ । इजरायली रक्षामन्त्री इजरायल काट्जले हेजबुल्लाह पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना लेबनानमै रहने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यस अघि नै दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता हुने बताएका छन् ।
लेबनानमा प्रवेश गर्न कुनै पनि पक्षको अनुमति नमागेको उल्लेख गर्दै लेबनानमा रहनका लागि पनि कसैको अनुमति आवश्यक नपर्ने जनाउँदै, काट्जको कार्यालयले विज्ञप्ति जारी गरेको छ । उनले दक्षिणी लेबनानमा इजरायली सेना लेबनानमा हेजबुल्लाहलाई निशस्त्र नगराउदा सम्म आवश्यक रहने कुरामा जोड दिएका छन् ।
Read full story at source (ratopati.com)