देवीघाटमा सेनाले पाँच दिनमै जडान गर्यो एक्रो ब्रिज, आजदेखि पैदल र भोलिदेखि सवारी आवागमन खुल्ने
kalakarmi.com · Wed Sep 09 23:52:22 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि यातायात सम्पर्कविहीन बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले वैकल्पिक पुल निर्माणको काम सम्पन्न गरेको छ ।
बाढीका कारण भत्किएको यातायात सम्पर्क पुनःस्थापित गर्न नेपाली सेनाले पाँच दिनअघि थालेको एक्रो ब्रिज जडान कार्य बुधवार राति सम्पन्न गरेको हो । सेनाको प्राविधिक तथा उद्धार टोली निरन्तर खटिएर छोटो समयमै पुल जडान गर्न सफल भएको जनाइएको छ ।
Read full story at source (kalakarmi.com)