रक्षामा बालेनको सय दिन : कानुनी सुधार अघि बढ्यो, अधिकांश योजना अधुरै
himalpress.com · Thu Jul 09 10:34:14 GMT 2026

काठमाडौँ- सरकार गठनको सय दिनमा रक्षा मन्त्रालयले कानुनी सुधारका केही महत्त्वपूर्ण काम अघि बढाए पनि सार्वजनिक गरिएका १० प्रमुख कार्ययोजनामध्ये अधिकांश कार्यान्वयनको चरणमा पुग्न सकेका छैनन्। हिमालप्रेस ले सूचनाको हकमार्फत प्राप्त गरेको मन्त्रालयको विवरणअनुसार विधेयक, नियमावली र गठन आदेशमा प्रगति देखिए पनि अधिकांश योजना अध्ययन, मस्यौदा र प्रतिवेदन तयारीमै सीमित छन्। रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह (बालेन) ले सम्हाल्दै आएका छन्।
१० कार्ययोजनामध्ये राष्ट्रिय सेवा दलसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्ने विधेयक संसद्मा पेस भएको छ। प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री सोबिता गौतमले बिहीबार प्रधानमन्त्री शाहका तर्फबाट विधेयक पेस गरेकी हुन्। उनले भनिन्, ‘विद्यालयमा अध्ययनरत विद्यार्थीमा देश प्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउन तथा राष्ट्रिय आवश्यकताका आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयंसेवकका रूपमा राष्ट्रसेवामा खटाउन सक्ने गरी कानुनी व्यवस्था गर्न आवश्यक परेकाले प्रस्तुत विधेयक संघीय संसद्मा पेस गर्नुपरेको हो।’
Read full story at source (himalpress.com)