सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
barnanmedia.com · Thu Jul 09 10:34:55 GMT 2026

सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारमा आज भएको उक्त भेटमा सभामुख अर्यालले सरकारले आफ्नो पहिलो १०० दिन पूरा भएको बताउँदै हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे । उनले नेपाल र भारतबीचको सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता, सांस्कृतिक तथा सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत तथा कनेक्टिभिटीलगायत क्षेत्रमा रहेका विभिन्न द्विपक्षीय संयन्त्रमार्फत सम्बन्ध अझ सुदृढ हुँदै गएको स्मरण गराए ।
Read full story at source (barnanmedia.com)