कहाँ कहाँ छ आज पानी पर्ने सम्भावना, हेर्नुस्
himalpress.com · Thu Sep 10 00:34:30 GMT 2026

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बादल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
Read full story at source (himalpress.com)