संघीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?
reportersnepal.com · Thu Sep 10 00:33:34 GMT 2026

काठमाडौं, भदौ २५ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । यस्तै, राष्ट्रियसभा बैठक पनि दिउँसो १:१५ बजे बस्ने कार्यक्रम छ ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, अर्थमन्त्री वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
Read full story at source (reportersnepal.com)