कञ्चनपुरमा ७१ जना फरार कैदीबन्दी पक्राउ
rajdhanidaily.com · Thu Jul 09 11:10:58 GMT 2026

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई तीव्रता दिएको छ । अदालतबाट कैद सजायका साथै जरिवाना तोकिएर फरार रहेका विभिन्न मुद्दाका फरार अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरीले जिल्लाभर विशेष सक्रियता बढाएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले गत वैशाख यता हालसम्म ७१ जना फरार अभियुक्तलाई पक्राउ गरी अदालत पेस गरिएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँ गत वैशाखमा ३४ जना, जेठमा १४ र असारको हालसम्म २३ जना फरार अभियुक्त पक्राउ परेका छन् ।
Read full story at source (rajdhanidaily.com)